२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष भेटवार्ता

प्रधानमन्त्री शाहसँग एसियाली विकास बैंकका अध्यक्ष भेटवार्ता

रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
रोज नेपाल
मंगलवार, आषाढ २३ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

    कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सरकारले एडीबीबाट प्राप्त हुने यस ऋण सहयोगलाई देशको भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने कार्यमा परिचालन गर्ने लक्ष्य राखेको छ।

    सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij