काठमाडौं। आज पनी सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा भइरहेको छ भने हिजो सुनको मूल्य २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको भाउपनि आज घटेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा निर्धारण भएको थियो। आज ३० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।