२०८३, भाद्र ३१ गते

Sep 16 2026

यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

यी हुन् क्वाटरफाइनल पुग्ने ८ टोली

रोज नेपाल
बुधवार, आषाढ २४ २०८३
रोज नेपाल
बुधवार, आषाढ २४ २०८३
  • काठमाडौं । जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराति अन्तिम १६ का खेलहरु सकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो ।

    अन्तिम १६ बाट पोर्चुगलसहित तिनै आयोजक देश क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलोम्बिया पनि विश्वकपबाट बाहिरिएका छन् ।

    विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङल्याण्ड, अर्जेन्टिना र स्वीजरल्याण्ड पुगेका छन् ।

    अब क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोको सामना गर्ने छ भने स्पेनले बेल्जियमको, नर्वेले इङल्याण्डको र स्वीजरल्याण्डले अर्जेन्टिनाको सामना गर्ने छ ।

    क्वाटरफाइनलका खेलहरु नेपाली समय अनुसार विहिबार रातिदेखि सुरु हुँदैछन् । पहिलो खेलमा फ्रान्स र मोरक्को विहिबार राति १ः ४५ बजेदेखि खेल्दैछ भने दोस्रो खेलमा शुक्रबार राति १२ः ४५ बजे स्पेन र बेल्जियम खेल्दैछ ।

    त्यस्तै तेस्रो खेलमा नर्वे र ईङल्याण्ड शनिबार राति २ः ४५ बजेदेखि खेल्दैछ भने चौथो खेलमा स्वीजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान ६ः ४५ बजेदेखि खेल्दैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij