२०८३, कार्तिक १९ गते

Nov 04 2026

आन्दोलनकारी युवासहितको अन्तरिम सरकार गठन गरौं : भट्टराई

आन्दोलनकारी युवासहितको अन्तरिम सरकार गठन गरौं : भट्टराई

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधनिभत्रैबाट अघि बढ्न आन्दोलनकारी युवासमेतको अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

    भट्टराईले कुनै पनि हठ नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।

    राजीनामापछिको बाटोबारे प्रस्ताव गर्दै डा. भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि संविधानभित्रैबाट अघि बढ्न आन्दोलनकारी युवाहरूसमेत रहेको अन्तरिम सरकारको गठन गर्नुपर्छ ।’

    उनले थपेका छन्, ‘उनीहरूले उठाएका मागहरूको संबोधन, अहिलेका दुःखद घटनाहरूको छानबीन, संविधानको अग्रगामी संशोधन (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्पति प्रणालीसहित), निष्पक्ष निर्वाचनको बाटो अबलम्बन् गरौं ।’

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij