२०८३, आश्विन १ गते

Sep 17 2026

कलंकी चोकमा गोली चलेपछि स्थिति तनावग्रस्त

कलंकी चोकमा गोली चलेपछि स्थिति तनावग्रस्त

मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौं । राजधानीको कलंकी चोक तनावग्रस्त बनेको छ । प्रदर्शनकारी तोडफोडमा उत्रिएको भन्दै सुरक्षाकर्मीले गोली प्रहार गरेपछि कलंकीको स्थिति तनावग्रस्त बनेको हो ।

    शान्तिपूर्ण आन्दोलन गरिरहेका जेनजी र तिनको समर्थकमाथि प्रहरीले एक्कासि अश्रुग्यास प्रहार र लगत्तै गोली प्रहार गरेपछि कलंकी चोकको अवस्था तनावग्रस्त बनेको हो । त्यसैको विरोधमा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

    कलंकीमा भेला भएका करिब ५ हजार हाराहारी प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरिरहेका थिए । सोही क्रममा एक्कासि प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पारेको प्रदर्शनमा सहभागी नागार्जुन नगरपालिका–९ का स्थानीय उमेश भट्टराईले जानकारी दिए । काठमाडौं महानगरपालिका–१४ कलंकी र नागार्जुन नगरपालिकाको सीमा जोडिएको छ ।

    ‘हामी शान्तिपूर्ण तरिकाले नाराबाजी गरेर बसिरहेका थियौं,’ उनले भने, ‘तर, प्रहरीले अश्रुग्यास प्रहार गरेर बल प्रयोग गरिदियो । प्रहरीले हानेको अश्रुग्यास एक जना प्रदर्शनकारीको आँखामै लाग्यो । उनलाई अहिले कलंकी चोकमै रहेको सहिद अस्पतालमा उपचार गर्न पठाएका छौं । उनको परिचय खुलेको छैन ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij