२०८३, कार्तिक १९ गते

Nov 04 2026

राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति र उपराष्ट्रपतिबीच भेटवार्ता

रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
रोज नेपाल
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    उपराष्ट्रपति यादव आज दिउँसो ३ः३० बजे कतार प्रस्थान गर्दै छन् । उनी कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपालका तर्फबाट शोक समवेदना व्यक्त गर्न त्यसतर्फ जान लागेका हुन् ।

    उपराष्ट्रपति यादवले कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति पौडेलको तर्फबाट शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij