२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा प्रश्नै-प्रश्न

प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसदमा प्रश्नै-प्रश्न

रोज नेपाल
बुधवार, आषाढ ३१ २०८३
रोज नेपाल
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । संसदमा प्रधानमन्त्री बालेन साहको अभिव्यक्ति र भूमिकालाई लिएर संस्कृति पार्टीका सांसद आरेन राईले कडा टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले “ढुङ्गो बोल्छ, प्रधानमन्त्री बोल्दैन” भन्दै प्रधानमन्त्रीको मौनता र सार्वजनिक अभिव्यक्तिप्रति प्रश्न उठाए ।

    उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा सामाजिक सञ्जालमा “सिंहदरबार जलाइदिन्छु” भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्रीले अहिले “नेपालले पनि भारतको जमिन मिचेको छ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै यस्ता भनाइले नेपालको सीमा र राष्ट्रिय हितप्रति अनावश्यक आशंका उत्पन्न गरेको बताए।

    संसद राईले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री संसदमा उपस्थित भएर आफ्नो आधिकारिक धारणा स्पष्ट पार्नुपर्ने बताए। संसदमा नआउने, प्रश्नको जवाफ नदिने र मौन बस्ने प्रधानमन्त्रीको व्यवहार शंकास्पद देखिएको भन्दै उनले तत्काल स्पष्टीकरण दिन आग्रह गरे।

    उनले सरकारले सुकुम्बासी, मजदुर, उद्यमी तथा सर्वसाधारण नागरिकमाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने र दुःख दिने काम गरिरहेको आरोप समेत लगाए । जनतामाथि हरेक तरिकाले दबाब बढाउने कार्य भइरहेको भन्दै सरकारले आफ्नो कार्यशैली सच्याउनुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij