काठमाडौँ । आज देशभर ठुलो मात्रामा वर्षाको असर परिरहेको छ । साथै अधिकांश स्थानमा वर्षाको सम्भावना बढी रहेको छ ।न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधरणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक,दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहने छ भने पहाडी भूभागका धेरैजसो स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि बढी छ ।
आज राति पनि देशका विभिन्न स्थान तथा प्रदेशहरुमा हावाहुरी, चट्याङ सहित निरन्तर वर्षा भईरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले अति आवश्यक काम नभई घरबाट बाहिर ननिस्कन र बाढिपहीरोको उच्च जोखीम भएका स्थानबाट सुरक्षित स्थानका जान महाशाखाले आग्रह गरेको छ ।