२०८३, आश्विन १ गते

Sep 17 2026

च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला परिवारको सम्पर्कमा

च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला परिवारको सम्पर्कमा

रोज नेपाल
सोमवार, श्रावण ४ २०८३
रोज नेपाल
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारु चौधरीका अनुसार आज मध्याह्न सवा १२ बजेतिर उनीहरू आफैँ परिवारको सम्पर्कमा आएका हुन् । सम्पर्कमा आएका महिलाहरूले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिँदा सम्पर्कविहीन भएको बताएका छन् । 

    परिवारको सम्पर्कमा आएका उनीहरूको अवस्था बुझ्नका प्रमुख जिल्ला अधिकारीको टोली समेत भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेको छ । उनीहरू  आइतबारदेखि सम्पर्कविहीन थिए ।

    उनीहरू सबै सुरक्षित रहेका जनाइएको छ । आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो । उनीहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij