२०८३, आश्विन २ गते

Sep 18 2026

बागमती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले दिए सामुहिक राजीनामा

बागमती प्रदेश सरकारबाट एमालेका ६ मन्त्रीले दिए सामुहिक राजीनामा

रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
रोज नेपाल
बुधवार, श्रावण ६ २०८३
  • हेटौँडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।

    नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टीका तर्फबाट सहभागी ६ जना मन्त्रीको सामुहिक राजीनामा मुख्ममन्त्री कार्यालयलाई पठाएका हुन् ।

    बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij