२०८३, आश्विन २ गते

Sep 18 2026

पोखरामा अर्की युवतीको पनि जलेको अवस्थामा भेटियो शव

पोखरामा अर्की युवतीको पनि जलेको अवस्थामा भेटियो शव

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं । पोखराको लेकसाइडमा प्रदर्शनकारीले जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ।

    लेकसाइडमा रहेको अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

    लेकसाइडमा भेटिएको शव पनि अंशुभरा ग्रुपमा कार्यरत युवतीको हुन सक्ने प्रहरीको आशंका छ।

    यसअघि पोखराकै नयाँबजारमा रहेको अटो सोरूम आगो निभाउने क्रममा अर्की युवतीको शव भेटिएको थियो।

    शव भेटिएका यी दुवै युवतीको सनाखत हुन सकेको छैन। यी दुवै व्यवसायिक भवन गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको हो।

    प्रदर्शनकारीले मंगलबार यी दुवै भवनमा तोडफोड गरेर आगजनी गरेका थिए। जलेको अवस्थामा भेटिएको शव पोस्टमर्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij