२०८३, कार्तिक १९ गते

Nov 04 2026

नेपाली बजारमा सुन–चाँदी दुवै महँगियो

नेपाली बजारमा सुन–चाँदी दुवै महँगियो

रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
रोज नेपाल
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ दरअनुसार अघिल्लो दिनको तुलनामा दुवै बहुमूल्य धातुको कारोबार मूल्य बढेको हो।

    महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढ्दै २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। बुधबार यही सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ मा कारोबार भएको थियो।

    त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन यसको मूल्य ४ हजार ४८० रुपैयाँ प्रतितोला रहेको थियो।

    अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij