राजन थापा
काठमाडौं | नेपालको निजी स्वास्थ्य सेवा क्षेत्रमा विश्वासको अर्को उदाहरण प्रस्तुत गर्दै नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री, प्रख्यात नवप्रवर्तक तथा समाजसेवी माननीय महावीर पुन दन्त उपचारका लागि चाबहिलस्थित ॐ समाज डेन्टल अस्पताल पुग्नुभएको छ।
नवप्रवर्तन, प्रविधि र राष्ट्रिय विकासमा जीवन समर्पित व्यक्तित्व महावीर पुनले उपचारका लागि ॐ समाज डेन्टल अस्पताल रोज्नुले अस्पतालप्रतिको जनविश्वास, व्यावसायिक दक्षता, नैतिक चिकित्सा अभ्यास र बिरामी-केन्द्रित सेवाको उच्च मूल्यांकन भएको सन्देश दिएको छ।
यस अवसरमा ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ ओरल तथा म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेले भन्नुभयो, “हाम्रो लागि बिरामीहरूबीच कुनै भेदभाव हुँदैन। प्रत्येक व्यक्ति गुणस्तरीय उपचारको हकदार हुन्छ, र प्रत्येक बिरामीको विश्वास नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो। माननीय महावीर पुनज्यूले देखाउनुभएको विश्वासले हामीलाई अझ जिम्मेवार, नैतिक र विश्वस्तरीय सेवा प्रदान गर्न थप प्रेरित गरेको छ।”
डा. घिमिरेका अनुसार अस्पताल आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक तथा सेवामुखी सोचका साथ सहज, भरपर्दो र गुणस्तरीय दन्त उपचार उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको छ। यही प्रतिबद्धताका कारण नेपालसँगै विदेशबाट समेत बिरामीहरू उपचारका लागि आउने क्रम बढ्दै गएको उहाँको भनाइ छ।
मन्त्री महावीर पुनको यो भ्रमणले एउटा स्पष्ट सन्देश दिएको छ—विश्वास पद, प्रतिष्ठा वा प्रचारबाट होइन; इमानदारी, गुणस्तरीय सेवा, करुणा र निरन्तर समर्पणबाट प्राप्त हुन्छ।
यसै सन्दर्भमा सामाजिक अभियानता तथा पत्रकार राजन थापाले मार्मिक रूपमा भन्नुभयो, “स्वास्थ्य सेवामा सबैभन्दा ठूलो विज्ञापन कुनै बोर्ड, पोस्टर वा प्रचार होइन, बिरामीको सन्तुष्टि र विश्वास हो।
जब देशकै सम्मानित व्यक्तित्वले विश्वासका साथ कुनै अस्पताल रोज्नुहुन्छ, त्यो एउटा उपचारको घटना होइन, समाजलाई गुणस्तरीय सेवाप्रतिको भरोसाको सन्देश पनि हो। विश्वास जित्न वर्षौं लाग्छ, तर गुमाउन एक क्षण पर्याप्त हुन्छ। त्यसैले सेवा, इमानदारी र मानवीय संवेदनालाई सधैं पहिलो प्राथमिकतामा राख्नुपर्छ।”!