मेष:
आजको दिन सामान्य रहने संकेत छ। मेहनतअनुसारको प्रतिफल ढिलो मिल्न सक्छ। सवारी साधन चलाउँदा वा प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। आफन्तसँग सामान्य मतभेद हुन सक्छ। स्वास्थ्य र आर्थिक पक्षमा सचेत रहँदा फाइदा हुनेछ।
वृष:
व्यापार, लगानी र साझेदारीका कामबाट लाभ मिल्ने सम्भावना छ। अध्ययनमा सफलता प्राप्त हुने देखिन्छ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ भने प्रेम र दाम्पत्य जीवनमा खुसी बढ्नेछ।
मिथुन:
अनावश्यक विवाद र प्रतिस्पर्धाबाट टाढा रहनु उपयुक्त हुनेछ। व्यापारमा अपेक्षाअनुसार आम्दानी नहुन सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्ने भएकाले सतर्क रहनु राम्रो हुन्छ।
कर्कट:
अध्ययन, परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्ने योग छ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ भने सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ।
सिंह:
पारिवारिक विषयमा धैर्य अपनाउनु आवश्यक छ। प्रेम सम्बन्धमा गलतफहमी हुन सक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। कृषि तथा पशुपालन क्षेत्रबाट भने लाभ मिल्ने सम्भावना छ।
कन्या:
साहस र आत्मविश्वासले नयाँ अवसर दिलाउन सक्छ। कानुनी विषयमा अनुकूल परिणाम आउने संकेत छ। लेखन, कला, व्यापार र लगानीबाट राम्रो लाभ प्राप्त हुन सक्छ।
तुला:
व्यापार र आर्थिक गतिविधिमा प्रगति हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक काममा सक्रिय हुँदा सम्मान प्राप्त हुने सम्भावना छ।
वृश्चिक:
आर्थिक अवस्था बलियो बन्ने संकेत छ। प्रतिष्ठा बढ्ने काममा सफलता मिल्नेछ। साथीभाइ र परिवारको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ।
धनु:
खर्च बढ्ने र आर्थिक व्यवस्थापनमा चुनौती आउन सक्छ। स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक छ। विदेशसँग सम्बन्धित व्यापार वा यात्राका लागि भने समय सकारात्मक देखिन्छ।
मकर:
पैतृक सम्पत्ति तथा लगानीबाट लाभ मिल्ने सम्भावना छ। प्रेम र दाम्पत्य जीवन सुखद रहनेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा सहयोग र समर्थन प्राप्त हुन सक्छ।
कुम्भ:
पेशागत क्षेत्रमा प्रगति र सम्मान प्राप्त हुने योग छ। व्यापार तथा लगानीबाट राम्रो आम्दानी हुन सक्छ। अध्ययन र प्रेम सम्बन्ध पनि अनुकूल रहने संकेत छ।
मीन:
धार्मिक तथा शैक्षिक गतिविधिमा रुचि बढ्नेछ। लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। कला, संगीत र प्रेम सम्बन्धका लागि आजको दिन विशेष शुभ रहने देखिन्छ।
सबै राशिका पाठकमा सुख, शान्ति, सफलता र शुभकामनाको कामना।
