२०८३, आश्विन १ गते

Sep 17 2026

रौतहटमा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार, घटनाबारे अनुसन्धान तीव्र

रौतहटमा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार, घटनाबारे अनुसन्धान तीव्र

रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
  • रौतहट। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालोमसी प्रहार भएको घटनाले स्थानीय रूपमा चर्चा पाएको छ। गढीमाई नगरपालिका–७, पर्सामा आयोजित नागरिकसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी फर्किने क्रममा उनीमाथि उक्त घटना भएको हो।

    सांसद पौडेलका अनुसार स्थानीय बासिन्दाका समस्या, मलखाद अभावलगायत समसामयिक विषयमा छलफल गर्न आयोजित कार्यक्रम साँझदेखि सुरु भएको थियो। छलफल अपेक्षाभन्दा लामो समय चलेपछि कार्यक्रम राति करिब ८ बजेदेखि सवा ८ बजेको बीचमा सकिएको उनले बताए।

    उनका भनाइअनुसार कार्यक्रमपछि फर्किने तयारी भइरहेका बेला मास्क लगाएका दुईदेखि तीन जनाको समूह पछाडिबाट आएर कालोमसी प्रहार गरी घटनास्थलबाट फरार भएको थियो।

    प्रारम्भिक जानकारीअनुसार उक्त घटनामा ‘मधेश मुक्ति अभियान’सँग आबद्ध केही व्यक्तिको संलग्नता रहेको दाबी गरिएको छ। यद्यपि यस विषयमा प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन।

    घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। संलग्न व्यक्तिको पहिचान, घटनाको उद्देश्य तथा वास्तविक कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij