२०८३, कार्तिक १९ गते

Nov 04 2026

रसुवाको भोटेकोशीमा नयाँ इभी दुर्घटना, चालकको खोजी जारी

रसुवाको भोटेकोशीमा नयाँ इभी दुर्घटना, चालकको खोजी जारी

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • काठमाडौं । चीनबाट नेपाल ल्याइँदै गरेको नयाँ विद्युतीय सवारी (इभी) रसुवाको भोटेकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

    शनिबार साँझ गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीको दक्षिणतर्फ, चिलिमे जलविद्युत् केन्द्र नजिक उक्त दुर्घटना भएको हो। चीनबाट आयात गरिएको एसआरएम कम्पनीको इभी भन्सार प्रक्रिया पूरा गरी काठमाडौंतर्फ ल्याउने क्रममा अनियन्त्रित भई नदीमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

    रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार दुर्घटनामा परेका चालक कालिका गाउँपालिका–३ निवासी २२ वर्षीय सविन तामाङ सम्पर्कविहीन छन्। दुर्घटनापछि सवारीसाधनसहित उनी नदीमा बेपत्ता भएका हुन्।

    घटनाको जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ। दुर्गम भौगोलिक अवस्थाका बाबजुद बेपत्ता चालकको खोजी कार्यलाई तीव्र बनाइएको प्रशासनले जनाएको छ।

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij