२०८३, कार्तिक १९ गते

Nov 04 2026

राष्ट्रिय सहमतिपछि कर्णालीमा नयाँ सत्ता समीकरण, नेकपाले सरकारको नेतृत्व गर्ने

राष्ट्रिय सहमतिपछि कर्णालीमा नयाँ सत्ता समीकरण, नेकपाले सरकारको नेतृत्व गर्ने

रोज नेपाल
आइतवार, श्रावण १० २०८३
रोज नेपाल
आइतवार, श्रावण १० २०८३
  • सुर्खेत। केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको नयाँ राजनीतिक सहमतिसँगै कर्णाली प्रदेशको सत्ता समीकरण पनि परिवर्तन हुने भएको छ। नयाँ सहमतिअनुसार प्रदेशमा नेकपाको नेतृत्वमा सरकार गठन गर्ने तयारी अघि बढेको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको सहमतिले प्रदेश सरकारको समीकरणमा समेत प्रत्यक्ष प्रभाव पारेको हो। यससँगै यसअघि बनेको राजनीतिक गठबन्धन फेरबदल हुने अवस्था सिर्जना भएको छ।

    यसअघि नेपाली कांग्रेसले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि असार ३२ गते मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो।

    कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नेकपाका ११ र कांग्रेसका पाँच गरी १६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

    उक्त प्रस्तावमाथि छलफल हुनुअघि नै मुख्यमन्त्री कँडेलले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै कर्णालीमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ।

    प्रदेशसभा सभामुख नन्दा गुरुङले नयाँ सरकार गठनसँग सम्बन्धित प्रक्रिया अघि बढाउन प्रदेशसभाको अर्को बैठक साउन १४ गते बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको जानकारी दिएका छन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij