२०८३, कार्तिक १९ गते

Nov 04 2026

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको संसदीय परीक्षण आज

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीको संसदीय परीक्षण आज

रोज नेपाल
मंगलवार, श्रावण १२ २०८३
रोज नेपाल
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ। निर्वाचन आयोगका लागि सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनुवाइ आज हुने भएको छ। संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान बस्ने तय भएको हो।

    बैठकमा निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौँ) को योग्यता, अनुभव र कार्ययोजनाबारे सुनुवाइ गरिने कार्यसूची रहेको छ।

    यसअघि संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले मानबहादुर कार्की लाई प्रमुख निर्वाचन आयुक्त तथा वाग्ले र सुब्बालाई निर्वाचन आयुक्त पदका लागि सिफारिस गरेको थियो।

    संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट सुनुवाइ प्रक्रिया पूरा भएपछि मात्र राष्ट्रपतिबाट प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको औपचारिक नियुक्ति हुने व्यवस्था छ।

    सुनुवाइअघि समितिले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी वा सुझाव पेश गर्न सार्वजनिक आह्वानसमेत गरेको थियो। आजको सुनुवाइपछि समितिले आफ्नो निष्कर्षका आधारमा नियुक्ति प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij