२०८३, आश्विन १ गते

Sep 17 2026

देशभर वर्षा सक्रिय, पहाडी क्षेत्रमा भारी पानीको जोखिम; सतर्क रहन मौसम विभागको आग्रह

देशभर वर्षा सक्रिय, पहाडी क्षेत्रमा भारी पानीको जोखिम; सतर्क रहन मौसम विभागको आग्रह

रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर र राति पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुनको न्यून चापीय रेखा हाल आफ्नो औसत अवस्थाको आसपास रहेकाले वर्षाको गतिविधि निरन्तर रहने अनुमान गरिएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका अधिकांश भू–भागमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थान, कोशी प्रदेशका थोरै क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    रातिको समयमा पनि देशभर बादल कायम रहने र पहाडी तथा तराईका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्र तथा बागमती र गण्डकीका पहाडी भू–भागमा भारी वर्षाको जोखिम रहने विभागको आकलन छ।

    लगातारको वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। यसका साथै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij