२०८३, कार्तिक १९ गते

Nov 04 2026

मधेशमा शान्ति र विकासलाई प्राथमिकता दिन सांसद अमरेश सिंहको आग्रह

मधेशमा शान्ति र विकासलाई प्राथमिकता दिन सांसद अमरेश सिंहको आग्रह

रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
रोज नेपाल
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले मधेश प्रदेशमा हुने आन्दोलन तथा हिंसात्मक गतिविधिले क्षेत्रको समग्र विकासमा नकारात्मक असर पारिरहेको बताएका छन्। उनले मधेशका सबै नागरिकलाई शान्तिपूर्ण वातावरण कायम राख्दै विकास निर्माणमा एकजुट हुन आग्रह गरेका छन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले बन्द, आन्दोलन, जातीय तथा धार्मिक तनावका कारण सार्वजनिक संरचनामा क्षति पुग्नुका साथै शिक्षा, व्यापार–व्यवसाय र जनजीवन प्रभावित हुने अवस्था दोहोरिरहेकामा चिन्ता व्यक्त गरे।

    उनले मधेशको समृद्धिका लागि सबै समुदायबीच आपसी सद्भाव, सहकार्य र एकताको आवश्यकता रहेको उल्लेख गर्दै विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने समय आएको बताए।

    सिंहका अनुसार अब मधेशले हिंसा र द्वन्द्वभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास तथा युवाका लागि रोजगारी सिर्जनालाई प्राथमिकता दिनुपर्छ। यस्ता क्षेत्रको दीर्घकालीन विकासले मात्र मधेशको आर्थिक तथा सामाजिक अवस्था सुदृढ बनाउन सक्ने उनको भनाइ छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij