काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको विनिमयदर अनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम गरिएको छ।
केन्द्रीय बैंकले जारी गरेको विवरणमा युरोपियन युरोको खरिददर १७५ रुपैयाँ १९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ४५ पैसा तथा बिक्रीदर २०५ रुपैयाँ २६ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा रहेको छ।
अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ। क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ७७ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ २० पैसा रहेको छ भने सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा तोकिएको छ।
जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा रहेको छ। साउदी रियालको खरिददर ४० रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ४० रुपैयाँ ८५ पैसा कायम हुँदा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार थाइ भाट, यूएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर र डेनिस क्रोनरको विनिमयदर पनि अद्यावधिक गरिएको छ। त्यसैगरी हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको खरिद तथा बिक्रीदर समेत सार्वजनिक गरिएको छ।
भारतीय मुद्रातर्फ १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।