२०८३, कार्तिक १९ गते

Nov 04 2026

कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपाली युवाको मृत्यु भएको छ। कुवेतको उत्तरी क्षेत्रमा ड्रोन आक्रमणमा परी मृत्यु हुने तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ भएको खुलेको छ ।

    नेपाली दुताबास, कुवेतका अनुसार तामाङ कुवेतमा सवारी चालकका रूपमा कार्यरत रहेका थिए ।

    दूतावासले स्वर्गीय तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने बताएको छ ।

    यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्डको पूर्ण पालना गर्न, संयमित रहन तथा सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij