२०८३, कार्तिक १९ गते

Nov 04 2026

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति

रोज नेपाल
शनिवार, श्रावण १६ २०८३
रोज नेपाल
शनिवार, श्रावण १६ २०८३
  • सिरहा । सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ७ बुँदे सहमति भएको छ ।

    परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप दुई बुँदा समावेश गर्दै सातबुँदे सहमति गरिएको हो ।

    सहमतिमा घटनाको सत्यतथ्य छानबिन गर्ने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।

    मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गर्ने, गणेशको नाममा पार्क निर्माण गर्ने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर शनिबार नै दाहसंस्कार गर्ने सहमति भएको छ । दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने उनले बताए ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij