काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
भूकम्पको कम्पन रोल्पासहित आसपासका छिमेकी जिल्लाहरूमा समेत महसुस भएको जनाइएको छ। यद्यपि, हालसम्म भूकम्पबाट मानवीय वा भौतिक क्षतिको कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन।
सम्बन्धित निकायले आवश्यक सूचना संकलन तथा अवस्थाको निगरानी गरिरहेको जनाएको छ।
