२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रियसभामा सांसदहरूको आवाज– सामाजिक सद्भावदेखि रोजगारी र मानव बेचबिखन नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

राष्ट्रियसभामा सांसदहरूको आवाज– सामाजिक सद्भावदेखि रोजगारी र मानव बेचबिखन नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
रोज नेपाल
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा सांसदहरूले मुलुकमा सामाजिक सद्भाव कायम राख्दै किसानका समस्या समाधान, युवाका लागि स्वदेशमै रोजगारीको अवसर विस्तार तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।

    विशेष समयमा धारणा राख्दै सांसदहरूले पछिल्लो समय विभिन्न क्षेत्रमा देखिएका चुनौतीप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

    सांसद सम्झना देवकोटाले कोशी प्रदेशको सुनसरी र मधेश प्रदेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न संघीय सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। उनले युवालाई विदेश पलायन हुन नपर्ने वातावरण बनाउन स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा सरकार सक्रिय हुनुपर्ने धारणा राखिन्।

    यस्तै, सांसद राजेन्द्रलक्ष्मी गैरेले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि समयानुकूल रणनीति र कडा कार्यान्वयन आवश्यक रहेको बताइन्। बेरोजगारीका कारण वैदेशिक रोजगारीको खोजीमा जाने क्रममा महिला, पुरुष तथा बालबालिका मानव तस्करीको जोखिममा पर्ने घटना बढ्दै गएको भन्दै उनले त्यसको रोकथाममा विशेष पहल गर्न सरकारसँग आग्रह गरिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij