२०८३, आश्विन २ गते

Sep 18 2026

मनसुन सक्रिय : आज देशका धेरै क्षेत्रमा वर्षा, केही स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी

मनसुन सक्रिय : आज देशका धेरै क्षेत्रमा वर्षा, केही स्थानमा भारीदेखि अति भारी वर्षाको चेतावनी

रोज नेपाल
मंगलवार, श्रावण १९ २०८३
रोज नेपाल
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । नेपालभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक उत्तरतर्फ रहेकाले मौसममा यसको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका केही क्षेत्रमा पनि छिटपुट वर्षा भएको छ।

    आज दिउँसो पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। तराईका केही क्षेत्रमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

    विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र, साथै लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। रातिको समयमा पनि देशका अधिकांश क्षेत्रमा बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा मधेश प्रदेशका धेरै स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ।

    विभागले कर्णाली र लुम्बिनी प्रदेशका केही क्षेत्रमा धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिँदै ती क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने जनाएको छ। यसका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्क रहन तथा विभागबाट जारी हुने पछिल्ला मौसम सूचनालाई नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij