२०८३, आश्विन २ गते

Sep 18 2026

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रकुमार मेहताको उपचारका क्रममा मृत्यु

रोज नेपाल
मंगलवार, श्रावण १९ २०८३
रोज नेपाल
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । सुनसरीको कप्तानगन्ज घटनामा घाइते भएका २१ वर्षीय युवक रवीन्द्रकुमार मेहतायुवकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ ।
    देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा सुरक्षाकर्मीको गोली लागेर लाई उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मङ्गलवार मृत्यु भएको हो ।

    साउन ९ गते कप्तानगन्जमा दुई समूहबीच विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको स्थिति आएको थियो । स्थिति नियन्त्रण लिने क्रममा साउन १० गते सुरक्षाकर्मीले गोली चलाएका थिए । गोली लागेर स्थानीय २१ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । गोली लागेर केही स्थानीय घाइते भएका थिए ।

    यसअघि अर्का घाइते स्थानीय २२ वर्षीय जयप्रकाश मेहता बिहीबार विराटनगरमा उपचारका क्रममा मृत्यु भएका थियो । अर्का घाइते रवीन्द्रको मङ्गलवार मृत्यु भएको हो । योसँगै कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij