काठमाडौ । काठमाडौं प्रहरीले ३२९.०५ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषध, नगद तथा विभिन्न सामग्रीसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साउन १८ गते अपराह्न ५ बजे काठमाडौं महानगरपालिका–१ नागपोखरीस्थित प्रभात तिवारीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले छापा मारेको थियो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१ का ४३ वर्षीय प्रभात तिवारी, ललितपुर महानगरपालिका-४ का ५१ वर्षीय रोशन श्रेष्ठ, काठमाडौं महानगरपालिका-१४ का ५७ वर्षीय भूपेन्द्र श्रेष्ठ र हाल काठमाडौं महानगरपालिका-११ बस्दै आएका सर्लाही बरहथवा नगरपालिका-६ घर भएका ४० वर्षीय सुजन रायमाझी रहेका छन्।