२०८३, आश्विन १ गते

Sep 17 2026

साउन २६ मा स्वदेश फर्किँदै देउवा, राति पौने १० बजे काठमाडौं अवतरण गर्ने

साउन २६ मा स्वदेश फर्किँदै देउवा, राति पौने १० बजे काठमाडौं अवतरण गर्ने

रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्। उनी सोही दिन राति पौने १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

    देउवा केही समयदेखि विदेशमा रहेका थिए। उनको स्वदेश आगमनको मिति तय भएसँगै कांग्रेस वृत्तमा विभिन्न राजनीतिक भेटघाट र गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

    यसअघि साउन ५ गते देउवाले जननेता बीपी कोइरालाको स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, संविधानको संरक्षण र राष्ट्रिय हितको पक्षमा आफू पुनः स्वदेश फर्किन लागेको सन्देश सार्वजनिक गरेका थिए।

    उनको स्वदेश फिर्तापछि समसामयिक राजनीतिक विषयमा सक्रियता बढ्ने अनुमान गरिएको छ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij