काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा रहेको छ।
युरोपियन युरोको खरिददर १७५ रुपैयाँ २७ पैसा तथा बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा तोकिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा रहेको छ।
अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा छ। क्यानेडियन डलर १०८ रुपैयाँ ४५ पैसा खरिद तथा १०८ रुपैयाँ ८८ पैसा बिक्रीदरमा कारोबार हुनेछ। सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा कायम गरिएको छ।
जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६२ पैसा तोकिएको छ।
साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा छ भने कतारी रियालको खरिददर ४१ रुपैयाँ ७२ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, थाइ भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा रहेको छ। युएई दिराम ४१ रुपैयाँ ४० पैसा खरिददर र ४१ रुपैयाँ ५६ पैसा बिक्रीदरमा कायम गरिएको छ। मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा तोकिएको छ।
दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा रहेको छ। स्विडिस क्रोनरको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।
हङकङ डलरको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा तोकिएको छ।
बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा तथा ओमनी रियालको खरिददर ३९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।
