२०८३, आश्विन १ गते

Sep 17 2026

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो

डलरको भाउ १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो

रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५२ रुपैयाँ ०४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ६४ पैसा कायम भएको छ।

    युरोपियन युरोको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा रहेको छ।

    स्वीस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ०४ पैसा तथा बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा रहेको छ।

    क्यानाडियन डलरको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा कायम हुँदा सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा छ। चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ५३ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।

    त्यस्तै, साउदी रियाल १ को खरिददर ४० रुपैयाँ ५० पैसा र बिक्रीदर ४० रुपैयाँ ६६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा तोकिएको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

    मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७४ पैसा र बिक्रीदर १० रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

    स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

    हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ। कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ०८ पैसा तथा बिक्रीदर ४९७ रुपैयाँ ०४ पैसा पुगेको छ।

    बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८३ पैसा तथा ओमनी रियाल १ को खरिददर ३९४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

    भारतीय रुपैयाँ १०० को विनिमयदर भने खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार तोकिएको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij