२०८३, आश्विन २ गते

Sep 18 2026

प्रतिनिधिसभा बैठक आज, दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने कार्यसूची

प्रतिनिधिसभा बैठक आज, दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने कार्यसूची

रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
रोज नेपाल
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा परराष्ट्रमन्त्री तथा युवा, श्रम तथा रोजगारमन्त्रीसँग सांसदहरूको मौखिक प्रश्नोत्तर हुने कार्यसूची रहेको छ।
    सांसदहरूले सोधेका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले मौखिक उत्तर दिने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ।
    संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थमन्त्री डा. सोनाम वाङले ‘कर्मचारी सञ्चय कोष दशौँ संशोधन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
    त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३’ लाई प्रस्तावका रूपमा पेस गर्नुहुनेछ।
    युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बाल श्रम विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
    प्रतिनिधिसभाको आजको बैठकमा यी विधेयकसँग सम्बन्धित प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij