२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्रीलाई सभामुखको आग्रह- संसदमा उपस्थित भएर सम्बोधन गरिदिनुस्

प्रधानमन्त्रीलाई सभामुखको आग्रह- संसदमा उपस्थित भएर सम्बोधन गरिदिनुस्

रोज नेपाल
मंगलवार, श्रावण २६ २०८३
रोज नेपाल
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो संसद् बैठक सुरु हुनुअघि सिंहदरबारमा उनीहरूबीच भेट भएको हो ।

    भेटको क्रममा समसामयिक विषयमा करिब आधा घण्टा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ ।

    स्रोतका अनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । सभामुखको आग्रहमा प्रधानमन्त्री स्पष्ट जवाफ नदिएको स्रोतको भनाइ छ ।

    संसद् बैठकमा प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिपक्षी सांसदले प्रश्न उठाउँदै आएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij