२०८३, आश्विन २ गते

Sep 18 2026

बेथानचोक वडा नं.–१ ले राजस्व संकलन व्यवस्थापनका लागि प्रशासनलाई गर्‍यो सिफारिस

बेथानचोक वडा नं.–१ ले राजस्व संकलन व्यवस्थापनका लागि प्रशासनलाई गर्‍यो सिफारिस

रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
रोज नेपाल
बुधवार, श्रावण २७ २०८३
  • काभ्रे । बेथानचोक गाउँपालिका–१ वडा कार्यालयले वडाबाट हुने राजस्व संकलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसमक्ष सिफारिस गरेको छ।

    वडा कार्यालयले पठाएको पत्रमा गाउँपालिकाको राजस्व संकलन प्रणालीमा भएको व्यवस्थाअनुसार वडाबाट उठाइने राजस्वलाई सम्बन्धित प्रणालीमार्फत व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

    वडा कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को सुरुवातदेखि राजस्व संकलन प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले प्रक्रिया अघि बढाइएको हो। वडाबाट संकलन हुने विभिन्न शीर्षकका राजस्वलाई निर्धारित प्रणालीमा आबद्ध गरी अभिलेख तथा हिसाब व्यवस्थित गर्ने विषयमा पत्रमार्फत जानकारी गराइएको छ।

    यसका लागि आवश्यक प्रक्रिया तथा सिफारिस अघि बढाउन वडा कार्यालयले सम्बन्धित प्रशासनिक निकायलाई अनुरोध गरेको छ ।

    IMG-20260812-WA0000.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij