२०८३, आश्विन २ गते

Sep 18 2026

रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात, ५ जना बेपत्ता

रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात, ५ जना बेपत्ता

रोज नेपाल
बिहिवार, श्रावण २८ २०८३
रोज नेपाल
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । रोल्पामा पहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।

    रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५जना अझै बेपत्ता छन् ।

    पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।

    पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएको प्रहरीले जनाएको छ ।

    बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।

    बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij