२०८३, कार्तिक १९ गते

Nov 04 2026

जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति (नामसहित)

जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति (नामसहित)

रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
रोज नेपाल
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकतापछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति निर्माण गरेको हो । त्यसमा संरक्षक महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । ३३ जनाको पदाधिकारीमा सहअध्यक्ष शरत्सिंह भण्डारी रहेका छन् भने वरिष्ठ नेतामा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् । सात जना उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव, रेणुकुमारी यादव रहेका छन् ।

    तीन जना महासचिवमा प्रकाश अधिकारी, लालबाबु राउत र डा.सुरेन्द्र झा रहेका छन् । उपमहासचिवहरूमा जयनुल राइन, दीपक कार्की, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लीलादेवी सिटौला रहेका छन् । ११ जना सचिव रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साहलाई राखिएको छ । नयाँ कार्यकारिणी समिति २९ सदस्यीय रहेको छ ।  २७९ सदस्यीय केन्द्रीय समितिमा लाेसपाबाट ११० जना रहेका छन् ।

    नामावली :

     

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij