२०८३, आश्विन १ गते

Sep 17 2026

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

रोज नेपाल
सोमवार, भाद्र १ २०८३
रोज नेपाल
सोमवार, भाद्र १ २०८३
  • काठमाडौं । लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यदल गठन गरेको छ।

    मन्त्री गौरीकुमारी यादवको पहलमा गठन गरिएको कार्यदलले कारखानाको वर्तमान अवस्था, विगतका निर्णय तथा यसअघि तयार भएका अध्ययन प्रतिवेदनको समीक्षा गरी पुनः सञ्चालनका लागि आवश्यक कार्ययोजना तयार गर्नेछ।

    सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। कार्यदलले कारखानाको वित्तीय, प्राविधिक, आर्थिक तथा कानुनी अवस्था, भवन, मेसिनरी, पार्टपुर्जा र स्वामित्वमा रहेको जग्गालगायत सम्पत्तिको समेत अध्ययन गर्नेछ।

    पुराना संरचना र उपकरणबाट कारखाना सञ्चालन सम्भव भए/नभएको तथा आवश्यक परे नयाँ प्रविधि र संरचनाको विकल्पबारे समेत कार्यदलले सुझाव दिने मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij