२०८३, कार्तिक १९ गते

Nov 04 2026

इ–पासपोर्ट बनाउन राहदानी विभाग पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

इ–पासपोर्ट बनाउन राहदानी विभाग पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्युतीय राहदानी (इ–पासपोर्ट) का लागि आवश्यक प्रक्रिया पूरा गरेकी छन्। त्यसका लागि उनी मंगलबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेकी हुन्।

    विभागमा पुगेर भण्डारीले इ–पासपोर्टका लागि आवश्यक बायोमेट्रिक विवरण उपलब्ध गराएकी छन्। उनले आफ्नो तस्बिर खिचाउनुका साथै औँठाछापसमेत दिएकी हुन्।

    राहदानी बनाउने प्रक्रियाका क्रममा पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय राहदानी वितरणमा देखिएका समस्या र सेवाग्राहीले भोगिरहेका कठिनाइबारे पनि चासो राखेकी थिइन्।

    उनको निजी सचिवालयका अनुसार भण्डारीले राहदानी सेवासँग सम्बन्धित जनगुनासो तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी हुन्।

    इ–पासपोर्ट प्राप्त गर्न आवश्यक प्रक्रिया पूरा गरेपछि भण्डारी विभागबाट बाहिरिएकी थिइन्।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij