२०८३, भाद्र ३१ गते

Sep 16 2026

शंखमुलको होस्टलमा युवकको हत्या, एक आरोपी पक्राउ

शंखमुलको होस्टलमा युवकको हत्या, एक आरोपी पक्राउ

रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
रोज नेपाल
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक होस्टलमा शुक्रबार बिहान धारिलो हतियार प्रहार हुँदा २२ वर्षीय युवकको ज्यान गएको छ।

    काठमाडौं महानगरपालिका–१० स्थित भ्याली ब्वाइज होस्टलमा भएको घटनामा दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका वसन्त कालाखेती गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    प्रहरीका अनुसार बिहान करिब १० बजेतिर कालाखेतीमाथि दुई जनाले धारिलो हतियार प्रहार गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–३ का शेखर यादव पक्राउ परेका छन्।

    घटनामा संलग्न अर्का व्यक्ति भने अझै फरार रहेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार होस्टलमै बस्दै आएका अन्य तीन–चार जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिरहेको छ।

    फरार रहेका व्यक्तिको खोजी तथा घटनाको कारण र संलग्नताको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij