२०८३, आश्विन १ गते

Sep 17 2026

सुनको मूल्य एकैदिन २ हजार ८ सय रुपैयाँले उकालो

सुनको मूल्य एकैदिन २ हजार ८ सय रुपैयाँले उकालो

रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले वृद्धि भएको हो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार यसको मूल्य प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो ।

    यता, चाँदीको मूल्य भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij