२०८३, आश्विन २ गते

Sep 18 2026

चाँगुनारायण–२ मा ‘वडाध्यक्ष स्वास्थ्य कार्यक्रम’, १ सय २३ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

चाँगुनारायण–२ मा ‘वडाध्यक्ष स्वास्थ्य कार्यक्रम’, १ सय २३ जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
रोज नेपाल
आइतवार, भाद्र ७ २०८३
  • भक्तपुर । चाँगुनारायण नगरपालिका–२ मा स्थानीयस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित ‘वडाध्यक्ष स्वास्थ्य कार्यक्रम’ सुरु गरिएको छ। प्राज्ञटोल सुधार समितिको आयोजनामा भएको कार्यक्रममा १ सय २३ जनाले विभिन्न स्वास्थ्य परीक्षण सेवा निःशुल्क लिएका छन्।

    कार्यक्रममा ६६ जनाको आँखा परीक्षण गरिएको थियो। त्यस्तै, सुगर, इसिजी, कोलेस्ट्रोल तथा रक्तचाप परीक्षण सेवा ६७ जनाले लिएका आयोजकले जनाएको छ।

    कार्यक्रमकै अवसरमा राधाकृष्ण सत्संग भवन र मित्रश्री पाठशालामा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ३३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए।

    IMG-20260823-WA0012.jpg

    स्वास्थ्य कार्यक्रम सञ्चालनमा दुवाकोट स्वास्थ्य चौकी, प्रहरी प्रभाग दुवाकोट, मित्रश्री पाठशाला, नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा, प्राज्ञ आदर्श समाज, पातञ्जल योग समिति नेपाल र सुखी घरेलु उद्योगले सहकार्य गरेका थिए।

    कार्यक्रमका परिकल्पनाकार तथा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोमप्रसाद प्रधानले वडाका सबै टोल र घरघरमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमलाई आगामी दिनमा साप्ताहिक रूपमा निरन्तरता दिइनेछ।

    दुवाकोट स्वास्थ्य चौकीका प्रमुख कुमार केसीले स्वास्थ्य परीक्षणका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउँदै कार्यक्रम व्यवस्थापनमा सहयोग गरिएको जानकारी दिनुभयो। नेपाल रेडक्रस सोसाइटी चाँगुनगर समितिकी संयोजक मन्दिरा कार्कीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    IMG-20260823-WA0018.jpg

    त्यसैगरी प्रहरी प्रभाग दुवाकोटका प्रमुख खिलबहादुर दुलाल र मित्रश्री पाठशालाका प्रधानाध्यापक दीपक बिष्टले स्वास्थ्य सेवा तथा सामाजिक उत्तरदायित्वसँग जोडिएको कार्यक्रमको महत्वबारे धारणा राख्नुभयो।

    नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाकी कार्यवाहक सभापति प्रमिला प्रधानले वडाध्यक्ष स्वास्थ्य कार्यक्रमसँगै मित्रश्री पाठशाला र राधाकृष्ण सत्संग भवनमा रक्तदान आयोजना गरिएको र ३३ जना स्वयंसेवीले रक्तदान गरेको जानकारी दिनुभयो।IMG-20260823-WA0015.jpg

    प्राज्ञ आदर्श समाजका अध्यक्ष नबराज काफ्लेले कार्यक्रमलाई समुदायमै स्वास्थ्य सचेतना र सेवा विस्तार गर्ने उदाहरणीय प्रयासका रूपमा लिनुपर्ने बताउनुभयो। कार्यक्रमको समापनमा प्राज्ञटोल सुधार समितिका अध्यक्ष कपिल कार्कीले सहभागी, सहयोगी संस्था तथा स्वयंसेवीहरूप्रति आभार व्यक्त गर्नुभयो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij