२०८३, आश्विन १ गते

Sep 17 2026

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँ नाघ्यो

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँ नाघ्यो

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम भएको छ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा तोकिएको छ। बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा रहेको छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा तोकिएको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

    यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा छ। स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १४ पैसा तथा बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर २३ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा तोकिएको छ।

    त्यस्तै, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार तोकिएको विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकको दर हेर्न सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij