२०८३, आश्विन १ गते

Sep 17 2026

सर्वोच्चको नयाँ भवनमा अधिवक्ताको आत्महत्याको प्रयास

सर्वोच्चको नयाँ भवनमा अधिवक्ताको आत्महत्याको प्रयास

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार एक अधिवक्ताले आत्महत्याको प्रयास गरेका छन्। भवनको छतबाट हामफाल्न खोजेका अधिवक्तालाई प्रहरीले समयमै नियन्त्रणमा लिएर सकुशल उद्धार गरेको हो।

    प्रहरीका अनुसार अधिवक्ता लालबहादुर राईले आत्महत्याको प्रयास गरेका हुन्। उनलाई प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाको नेतृत्वमा खटिएको टोलीले उद्धार गरेको बताइएको छ।

    राईले सोमबार आफूले दायर गरेको पुनरावेदनसम्बन्धी मुद्दामा आफ्नो पक्षमा फैसला नआएपछि निराश भएर यस्तो कदम चाल्न खोजेको प्रारम्भिक विवरण छ।

    उच्च अदालतमा ठगीसम्बन्धी मुद्दामा पराजित भएपछि राई सर्वोच्च अदालतमा पुनरावेदन लिएर पुगेका थिए। सर्वोच्चबाट पनि आफ्नो पक्षमा निर्णय नआएपछि उनी मानसिक रूपमा विचलित भएको बताइएको छ।

    सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र शान्तिशिंह थापाको इजलासले राईले दायर गरेको पुनरावेदनमाथि सुनुवाइ गर्दै यसअघि भएको फैसला सदर गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

    फैसला आफ्नो प्रतिकूल भएपछि राई सर्वोच्च अदालत परिसरमै पुगेका थिए। सोही क्रममा नयाँ भवनको छतबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।

    घटनापछि प्रहरीले राईको अवस्था तथा घटनाको थप विवरणबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij