२०८३, आश्विन २ गते

Sep 18 2026

ट्राफिक नियम मिच्ने ९०४ चालकलाई कारबाही

ट्राफिक नियम मिच्ने ९०४ चालकलाई कारबाही

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०४ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् ।

    ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित जाँच तथा निगरानीका क्रममा ती चालकलाई कारबाही गरेको हो । बिहीबार बिहानसम्मको विवरणअनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४१ जना चालक कारबाहीमा परेका छन् ।

    त्यस्तै, सिसिटिभी निगरानीबाट नियम उल्लङ्घन गर्ने ७८ जना तथा ट्राफिक बत्तीको रातो संकेत बेवास्ता गर्ने ६४ जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

    तीव्र गतिमा सवारी चलाउने १२८ जना चालक कारबाहीमा पर्दा हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३३ जना र लेन अनुशासन उल्लङ्घन गर्ने ३१ जन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij