२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढी प्रभावितको उद्धार बिहानैदेखि, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइने

भोटेकोशी बाढी प्रभावितको उद्धार बिहानैदेखि, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइने

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेका तथा घाइते नागरिकको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिने भएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई तत्काल सुरक्षित स्थानमा ल्याएर उपचारको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा तयार गरिएका अस्थायी शिविरमा लगिनेछ ।

    गम्भीर प्रकृतिका घाइतेलाई भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ । घाइतेको अवस्था मूल्याङ्कन गरी प्राथमिकता निर्धारण गरेर उद्धार तथा उपचारको प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    यसैबीच, बाढी प्रभावित नागरिकका लागि आवश्यक खाद्यान्न, औषधि तथा अन्य राहत सामग्री पठाउने काम पनि सुरु भएको छ । राहत सामग्री स्थलमार्गबाट नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको बताइएको छ ।

    उद्धारसँगै प्रभावित क्षेत्रमा राहत र उपचार सेवा सहज रूपमा पुर्‍याउने गरी सरकारी निकायले आवश्यक समन्वय गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij