२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा कुमारी बैंकको ३ करोड

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा कुमारी बैंकको ३ करोड

रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कुमारी बैंकले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

    बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ ।

    सरकारले विपद्का बेला प्राप्त हुने सहयोगलाई व्यवस्थित र पारदर्शी बनाउन ‘एकद्वार प्रणाली’ लागू गरेको छ । सोही व्यवस्थाअनुसार निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमार्फत परिचालन गरिँदै आएको छ ।

    कुमारी बैंकका अनुसार उपलब्ध गराइएको रकम बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन, सम्पर्कविहीन नागरिकको खोजी र उद्धार तथा विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा उपयोग गरिनेछ ।

    बाढीका कारण प्रभावित नागरिकको सहयोगका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ । बैंकले विपद्को कठिन अवस्थामा सरकारी उद्धार तथा राहत अभियानमा आफ्नो तर्फबाट सहयोग पुर्‍याउने प्रतिबद्धता पनि जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij