२०८३, भाद्र ३१ गते

Sep 16 2026

आजको राशिफल

आजको राशिफल

रोज नेपाल
शनिवार, भाद्र १३ २०८३
रोज नेपाल
शनिवार, भाद्र १३ २०८३
  •  काठमाडौं । आजको दिन केही राशिका लागि नयाँ अवसर र उपलब्धि लिएर आउने देखिन्छ भने केही राशिले काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने ज्योतिषीय संकेत रहेको छ। अध्ययन, व्यवसाय, प्रेम, पारिवारिक सम्बन्ध तथा यात्राका दृष्टिले राशिअनुसार दिनको प्रभाव फरक रहनेछ।

    मेष

    आज मेहनत र इमानदारीको राम्रो परिणाम प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा गरेको कामबाट प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा जिम्मेवारीपूर्ण काम गर्ने अवसर मिल्नेछ भने अध्ययनमा पनि अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। खाद्यान्न तथा औषधिसँग सम्बन्धित व्यवसायमा सुधार आउने संकेत छ। प्रेम सम्बन्धका लागि दिन अनुकूल भए पनि अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्नु राम्रो हुनेछ।

    वृष

    आज काममा सानो गल्तीले पनि आलोचना खेप्नुपर्ने अवस्था आउन सक्छ। सरकारी तथा प्रशासनिक काममा विशेष ध्यान दिनुहोला। अनावश्यक आश्वासन दिने व्यक्तिबाट सावधान रहन आवश्यक छ। सेवासँग सम्बन्धित काममा ढिलाइ हुँदा अवसर गुम्न सक्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिका लागि दिन सामान्य रहनेछ। परिवारका ज्येष्ठ सदस्यसँग मतभेद हुनसक्ने भएकाले संयम अपनाउनु राम्रो हुनेछ।

    मिथुन

    आज अध्ययन तथा कामको सिलसिलामा लामो यात्रा हुनसक्छ। धार्मिक तथा आध्यात्मिक विषयप्रति रुचि बढ्नेछ। अनुसन्धान र खोजमूलक काममा राम्रो प्रगति गर्न सकिनेछ। प्रेम सम्बन्ध अझ बलियो बन्ने संकेत छ। खाद्यान्न तथा औषधिजन्य व्यापारमा लाभ मिल्न सक्छ। सामाजिक सेवामा सहभागी हुँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ। विदेशमा अध्ययन वा रोजगारी गर्नेहरूका लागि दिन विशेष अनुकूल रहनेछ।

    कर्कट

    स्वास्थ्यमा देखिने सामान्य समस्याले दैनिक काममा असर पार्न सक्छ। मानसिक तनाव र बेचैनी बढ्दा आत्मविश्वास कमजोर हुनसक्नेछ। जोखिमपूर्ण निर्णय वा अनावश्यक काममा हात हाल्दा आर्थिक क्षति हुनसक्छ। धनसम्पत्ति तथा महत्वपूर्ण सामानको सुरक्षामा ध्यान दिनुहोला। खनिज वा जोखिमयुक्त सामग्री प्रयोग गर्दा सावधानी आवश्यक छ। प्रेम सम्बन्धमा अविश्वास वा धोका पर्न सक्ने भएकाले सचेत रहनु राम्रो हुनेछ।

    सिंह

    आज धेरै मेहनत गरे पनि त्यसअनुसारको प्रतिफल नपाउँदा निराशा हुनसक्छ। व्यापारमा घाटाको सम्भावना रहेकाले नयाँ लगानी गर्दा सोचविचार गर्नुहोला। व्यवसायिक यात्राबाट अपेक्षित उपलब्धि नआउन सक्छ। सवारी साधन तथा विलासी सामग्री प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक छ। प्रेम सम्बन्धमा शंका र अविश्वास बढे दूरी सिर्जना हुनसक्छ।

    कन्या

    आज आफन्त तथा इष्टमित्रसँग रमाइलो यात्रा गर्ने अवसर मिल्न सक्छ। प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न सकिनेछ। विरोधी वा प्रतिस्पर्धीलाई पछि पार्दै महत्वपूर्ण उपलब्धि हासिल गर्ने योग छ। पुराना स्वास्थ्य समस्या सुधार हुँदै जानेछन्। विगतका आर्थिक लेनदेनसम्बन्धी विवाद पनि समाधानतर्फ अघि बढ्न सक्छन्। अध्ययनमा प्रगति हुनेछ भने पुरस्कार तथा सम्मान प्राप्त हुने सम्भावना छ। व्यवसायमा लगानी विस्तार गरेर आम्दानीका नयाँ बाटा खोल्न सकिनेछ।

    तुला

    बुद्धि र अनुभवलाई सही समयमा प्रयोग गर्न सके कठिन काम पनि सहज बन्नेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। कामअनुसारको पारिश्रमिक प्राप्त हुँदा मन उत्साहित हुनेछ। प्रिय व्यक्तिबाट उपहार वा महत्वपूर्ण सहयोग प्राप्त हुनसक्छ। सन्तान तथा परिवारका सदस्यको साथले नयाँ काम अघि बढाउन सहयोग पुग्नेछ। वैदेशिक रोजगारी तथा विदेशसम्बन्धी कामबाट लाभ मिल्ने संकेत छ।

    वृश्चिक

    आज राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिले जनसमर्थन जुटाउन केही कठिनाइ भोग्नुपर्ने हुनसक्छ। घरजग्गा वा सवारीसाधनसम्बन्धी विषयमा विवाद आउन सक्छ। परिवारका सदस्य तथा आमासँग सम्बन्धमा सामान्य तनाव देखिन सक्छ। प्रेम सम्बन्धमा पनि मनमुटावको सम्भावना छ। खानपानमा विशेष ध्यान दिनुहोला। अत्यावश्यक कामबाहेक यात्रा नगर्नु नै उचित हुनेछ।

    धनु

    ठूला तथा महत्वाकांक्षी योजना अघि बढाउने अवसर मिल्न सक्छ। आर्थिक पक्षलाई बलियो बनाउन नयाँ योजना बनाउन सकिनेछ। लेखन तथा सिर्जनात्मक काममा सफलता मिल्नेछ। घाँटीसँग सम्बन्धित पुरानो समस्या भए सुधार आउने संकेत छ। दाजुभाइ तथा आफन्तको सहयोगले महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। छोटो दूरीको यात्रा हुनसक्छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ र जीवनसाथीबाट राम्रो सहयोग प्राप्त हुनेछ।

    मकर

    आज बोली र प्रस्तुत गर्ने क्षमताले फाइदा दिलाउन सक्छ। आफ्नो सीप र अभिव्यक्तिको माध्यमबाट आम्दानी बढाउने अवसर मिल्नेछ। मेहनतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ भने अध्ययनमा पनि सफलता मिल्नेछ। विरोध गर्ने वा वैरभाव राख्नेहरू कमजोर हुनेछन्। छोटो तथा रमाइलो यात्रा हुनसक्छ। लेखन र साहित्यमा रुचि राख्नेहरूका लागि समय सकारात्मक छ। खाद्यान्न, विलासी सामग्री तथा होटल–रेस्टुरेन्ट क्षेत्रमा लगानी गर्दा लाभ मिल्न सक्छ।

    कुम्भ

    आज अध्ययनमा सुधार आउनेछ र प्रतिस्पर्धामा आफूलाई अगाडि ल्याउन सकिनेछ। दृढ इच्छाशक्ति र निरन्तर प्रयासले रोकिएका काम अघि बढ्नेछन्। व्यवसाय विस्तारका लागि नयाँ अवसर प्राप्त हुनसक्छ। आम्दानी बढ्ने सम्भावना छ। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। यात्रा गर्नुपरे मौसम तथा बाहिरी वातावरणबारे जानकारी लिएर अघि बढ्नु राम्रो हुनेछ।

    मीन

    आज खर्च बढ्दा आर्थिक व्यवस्थापनमा दबाब पर्न सक्छ। लगानी गरे पनि तत्काल अपेक्षित आम्दानी नहुन सक्छ। प्रेम सम्बन्धमा शंका र गलत बुझाइका कारण दूरी बढ्नसक्ने भएकाले स्पष्ट संवाद आवश्यक छ। यद्यपि अध्ययन तथा लेखनका क्षेत्रमा सोचेजस्तो सफलता हात पार्न सकिनेछ। विदेशी वस्तुको व्यापारमा सुधार आउनेछ। विदेशमा रहेर व्यवसाय वा पेसा गर्नेहरूका लागि समय अनुकूल रहने संकेत छ।

    तपाईंको दिन सुखद, सफल र मंगलमय रहोस्।

      

      

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij