२०८३, कार्तिक १९ गते

Nov 04 2026

भोटेकोशी बाढी : ९७४ शव फेला, ४ हजार ५९९ अझै बेपत्ता

भोटेकोशी बाढी : ९७४ शव फेला, ४ हजार ५९९ अझै बेपत्ता

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्य जारी छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ।

    बाढीपछि अझै ४ हजार ५९९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना समेत छन्।

    फेला परेका शवमध्ये हालसम्म ५१ जनाको शव परिवार तथा आफन्तलाई बुझाइएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापनको काम भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ४१३ जनाको शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएकामध्ये ८८ जना महिला, १०९ जना पुरुष र २१६ जनाको पहिचान खुल्न सकेको छैन।

    बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहतका गतिविधि निरन्तर सञ्चालन भइरहेका छन्। प्रहरीले घटनासम्बन्धी विवरण संकलन तथा शव पहिचानको कामसमेत अघि बढाइरहेको जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij