२०८३, आश्विन १ गते

Sep 17 2026

काठमाडौँमा ‘महामृत्युञ्जय योग साधना केन्द्र’ सञ्चालनमा

काठमाडौँमा ‘महामृत्युञ्जय योग साधना केन्द्र’ सञ्चालनमा

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ मा ‘महामृत्युञ्जय योग साधना केन्द्र’ सञ्चालनमा आएको छ। पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा काठमाडौँ र श्री स्वामी समर्थ आध्यात्मिक केन्द्र पाशुपत क्षेत्रको संयुक्त आयोजनामा योग शिविर समापन तथा साधना केन्द्रको उद्घाटन गरिएको हो।

    उद्घाटन कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ, सन्तुलित र समृद्ध जीवनको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। प्रमुख अतिथि वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरि प्रसाद पोख्रेलले योग व्यायाम मात्र नभई जीवन जिउने कला र विज्ञान भएको बताए। व्यस्त तथा तनावपूर्ण जीवनशैलीमा शारीरिक र मानसिक स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको उनको भनाइ थियो।

    कार्यक्रमका अध्यक्ष भुवन प्रसाद काफ्लेले नयाँ केन्द्रले स्थानीयस्तरमा नियमित योग साधनाको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। पातञ्जल योग समिति नेपालका जिल्ला अध्यक्ष अम्बिका खड्गीले योगलाई घर–घरसम्म पुर्‍याउने अभियानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

    कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन सुवेदी, संरक्षक बालमुकुन्द सुवाल, संस्थापक योगी पूर्ण श्रेष्ठ, पूर्वसचिव शम्भु कोइरालालगायतले योगको संस्थागत विकास र समुदायस्तरसम्म विस्तारमा जोड दिए।

    केन्द्र सञ्चालनका लागि केदार चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपाध्यक्षमा कमल खरेल, सचिवमा माया थिङ र कोषाध्यक्षमा सुमित्रा गौतम चयन भएका छन्। सदस्यमा रमेश गुरुङ, प्राप्ति जोशी, चित्र रिमाल र दोण खड्का रहेका छन्।

    त्यस्तै, केन्द्रलाई मार्गदर्शन तथा नीतिगत सहयोग गर्न डा. घनश्याम खतिवडा, भुवन काफ्ले र डा. माला खरेल सदस्य रहेको सल्लाहकार समिति गठन गरिएको छ।

    कार्यक्रममा पातञ्जल योग समिति नेपालका पदाधिकारी, योग साधक–साधिका, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो। काठमाडौँ महानगरपालिका-९ र साततारे होटेलको सहकार्यमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij