२०८३, आश्विन १ गते

Sep 17 2026

टिमुरे भन्सारका अधिकृत शर्माको शव त्रिशूली नदीको किनारमा भेटियो

टिमुरे भन्सारका अधिकृत शर्माको शव त्रिशूली नदीको किनारमा भेटियो

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । रसुवाको टिमुरेमा कार्यरत भन्सार अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा भेटिएको हो।

    जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव फेला परेको हो।

    हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थायी बासिन्दा शर्मा टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए। बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।

    शवको पोस्टमार्टम प्रक्रिया पूरा भएपछि परिवारजनले बुझेर लगेका छन्।

    यसैबीच, गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा बाढी तथा नदीमा बगेका व्यक्तिका शव भेटिने क्रम जारी छ। हालसम्म उक्त क्षेत्रमा ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij